माछापुच्छ्रे ८: एमालेको वडा कमिटीलाई प्रशिक्षण

पाेखरा | साउन २६, २०७९

माछापुच्छ्रे ८: एमालेको वडा कमिटीलाई प्रशिक्षण

 

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीलाई  प्रशिक्षण दिइएको छ ।

 

प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको मिति घोषणाभएसँगै वडा कमिटीलाई एमाले नेता दामोदर बैरागी र नेकपा कास्कीका उपसचिवसमेत रहेका युवा नेता दर्शन लामाले (बुधबार) अगुवा कार्यकर्ता प्रशिक्षण दिएका हुन् । 

 

प्रशिक्षणको क्रममा युवा नेता लामाले बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको सन्देश, समिक्षा र आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलक्षित रणनैतिक योजनाबारे प्रशिक्षण दिएको वडा ८ इकाईका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए । उनका अनुसार सो प्रशिक्षण कार्यक्रममा कमिटीका सबै पदाधिकारीहरुलाई नेतृत्व विकास र आगामी निर्वाचनमा कमिटीको भुमिका बारे प्रष्ट पारिएको थियो ।

 

माछापुच्छ्रे गाउँपालिका ८ को नेकपा एमालेको वडा कमिटीका अध्यक्ष कृष्ण दवाडीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका इन्चार्ज महेश्वर दवाडी लगायतले शुभकामता मन्तव्य व्यक्त गरेका थिए ।

 

आगामी दिनमासमेत एमाले कास्कीले कार्यकर्ता तथा विभिन्न तहका कमिटीहरुलाई प्रशिक्षण दिने कार्यक्रमलाई तिव्रता दिने जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्